शैक्षिक संस्थामा हुने दुर्व्यवहार र शोषणविरुद्ध ‘शून्य सहनशीलता’ नीति : शिक्षामन्त्री पोखरेल

हिमाल प्रेस २५ चैत २०८२ १७:१७ | Wednesday, April 8, 2026
116
SHARES
शैक्षिक संस्थामा हुने दुर्व्यवहार र शोषणविरुद्ध ‘शून्य सहनशीलता’ नीति : शिक्षामन्त्री पोखरेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शैक्षिक संस्थामा हुने दुर्व्यवहार र शोषणका घटनाविरुद्ध कडा नीति अपनाइएको बताएका छन्। उनले आज सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।

शिक्षा मन्त्रालयले शैक्षिक संस्थामा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अङ्गीकार गरेको उनले बताए।

मन्त्री पोखरेलले भने,‘शैक्षिक संस्थामा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अङ्गीकार गरिएको छ।’

उनले विद्यार्थीले भोग्नुपरेका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीर रूपमा लिइने बताए। उनले भने,‘विद्यार्थीले भोग्नुपरेका कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासोहरू प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन विशेष संयन्त्र सञ्चालनमा ल्याइएको छ।’

यस प्रक्रियामा सहभागी हुने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। ‘यस प्रक्रियामा सहभागी हुने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिनेछ,’ उनले भने।

मन्त्री पोखरेलले विद्यार्थीलाई निर्धक्क भएर गुनासो दर्ता गर्न आह्वान गरे। ‘निर्धक्क भई उपलब्ध गराइएको लिंकमार्फत आफ्नो विवरण उपलब्ध गराउनुहुन सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक आह्वान गर्दछु। सुरक्षित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको यस अभियानमा यहाँहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ,’ उनले भने।

प्रकाशित: २५ चैत २०८२ १७:१७ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast