दमौली (तनहुँ)- जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज (मंगलबार) एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ।
सोही ठाउँ बस्ने २५ वर्षीय सरिता परियार र उनका छोरा कुमार परियार घर नजिकको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको उनले बताए।
प्रकाशित: २४ चैत २०८२ २१:१३ | Tuesday, April 7, 2026
प्रतिक्रिया




