उचाइ कम भएका महिलाको मातृ स्वास्थ्यबारे सचेतना फैलाउँदै नाटक ‘उत्सर्ग’

हिमाल प्रेस २४ चैत २०८२ १५:४६ | Tuesday, April 7, 2026
28
SHARES
उचाइ कम भएका महिलाको मातृ स्वास्थ्यबारे सचेतना फैलाउँदै नाटक ‘उत्सर्ग’

काठमाडौँ- नाटक ‘उत्सर्ग’ यतिबेला काठमाडौँको विभिन्न स्थानमा मञ्चन भइरहेको छ। नाटक नेपाल होचा पुड्का संघको प्रस्तुतिमा मञ्चन गरिएको हो।

उचाइ कम भएका महिलाको मातृ स्वास्थ्यबारे सचेतना फैलाउने उद्देश्यले नाटक मञ्चन गरेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार नाटकले उचाइ कम भएका महिलाहरू (होचा पुड्का) आमा बन्न सक्छन् कि सक्दैनन् भन्ने कुरा प्रष्ट्याएको छ। नाटक प्रजनन स्वास्थ्य ,परिवार नियोजन र महिला अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न तयार गरिएको हो।

नाटकले समाजमा अझै पनि होचा पुड्का महिलाले सन्तान जन्माउन सक्दैनन् भन्ने भ्रम र डर रहेको र त्यहीविरुद्ध सचेतना फैलाउने आयोजकको विश्वास छ।

नाटकमा निश्चल श्रेष्ठ, अनिता थापा, सरु दहाल, राजेन्द्र गिरी, रिया घिमिरे, सुर्या खान, लालुमाया पाख्रीन र निशल दुलालले अभिनय गरेका छन्।

राजु खतिवडा लेखन रहेको नाटक रंगकर्मी जेबी डिसीले निर्देशन गरेका हुन्। उनका अनुसार काठमाडौँसँगै नाटक पोखरा र हेटौंडाका विभिन्न स्थानमा पनि देखाइनेछ।

प्रकाशित: २४ चैत २०८२ १५:४६ | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast