राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति चयन

हिमाल प्रेस २४ चैत २०८२ १५:५० | Tuesday, April 7, 2026
40
SHARES
राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौँ- संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन गरिएको छ। मंगलबार चार वटै समितिहरूले निर्विरोधरूपमा सभापति चयन गरेको हो।

सिंहदरबारमा बसेको सम्बन्धित समितिको छुट्टाछुट्टै बैठकमा दलबीच सहमतिका आधारमा सभापति चयन गरिएको हो। जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन्। उनको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा), समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला रहेका थिए।

त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन्। राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहेका छन्।

त्यसै गरी विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन्। उनको प्रस्तावकमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सना रहेका थिए।

त्यस्तै विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका छन्। उनको प्रस्तावकमा आनन्दप्रसाद ढुंगाना र समर्थकमा गीता देवकोटा थिए। गत फागुन २० गतेदेखि चार समितिका सभापतिको पद रिक्त थियो।

प्रकाशित: २४ चैत २०८२ १५:५० | Tuesday, April 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast