घाँस काट्न जंगल गएका पुरुष चार दिनपछि मृत फेला

हिमाल प्रेस २३ चैत २०८२ १९:०४ | Monday, April 6, 2026
20
SHARES
घाँस काट्न जंगल गएका पुरुष चार दिनपछि मृत फेला

दमक (झापा)- बाख्रालाई घाँस काट्न भनी चैत १९ गते घरबाट जंगल गएका एक जना आज (सोमबार) मृत फेला परेका छन्।

दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर नं २, हट नं २०४ का ५४ वर्षीय तुलबहादुर विष्ट मृत फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरी निरीक्षक नविन राईका अनुसार घाँस काट्न भनी यही चैत १९ गते घरबाट निस्किका उनी घर नजिकैको सामुदायिक वनमा मृत फेला परेका हुन्। विभत्स अवस्थामा शव भेटिएकाले हात्तीले आक्रमण गरेको अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित: २३ चैत २०८२ १९:०४ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast