मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

हिमाल प्रेस २३ चैत २०८२ १८:४९ | Monday, April 6, 2026
18
SHARES
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ। मुक्तिनाथ क्षेत्रमा सोमबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ क्षेत्रमा जारी हिमपात यो सिजनकै सबैभन्दा बाक्लो भएको बताए।

‘मुक्तिनाथ क्षेत्रमा यसअघि ६ पटकसम्म हिउँ परेको भए पनि आज परेको हिमपात वजनदार छ, पछिल्लो तीन घण्टादेखि हिउँ परिरहेको छ,’ उनले भने।

हिमपात भएपछि मुक्तिनाथ दर्शनका लागि आएका दर्शनार्थीहरुले सास्ती पाएका छन्। रानीपौवा बसपार्कदेखि मन्दिरसम्मको यात्रा गर्न हिमपातले अवरोध पु¥याएको होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिए।

प्रकाशित: २३ चैत २०८२ १८:४९ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast