पक्राउ परे गुण्डा पृष्ठभूमिका रेम्बो

हिमाल प्रेस २३ चैत २०८२ ९:४१ | Monday, April 6, 2026
22
SHARES
पक्राउ परे गुण्डा पृष्ठभूमिका रेम्बो सांकेतिक तस्बिर।

काठमाडौँ- गुण्डा पृष्ठभूमिका रेम्बो भनिने कोर्तु गुरुङ पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीसहित लक्ष्मण साउदलाई पनि प्रहरीले पक्राउ गरेको छ।

विगत केही दिनदेखि प्रहरीले काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँबाट गुण्डागर्दीमा संलग्न र बिचौलिया बनेर नागरिकलाई दुःख दिएको आरोपमा पक्राउ गर्ने क्रम तीव्र पारेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार मात्रै ३० जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रकाशित: २३ चैत २०८२ ९:४१ | Monday, April 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast