इरानमा विश्वकै सबैभन्दा लामो ‘इन्टरनेट शटडाउन’

हिमाल प्रेस २२ चैत २०८२ २०:३४ | Sunday, April 5, 2026
20
SHARES
इरानमा विश्वकै सबैभन्दा लामो ‘इन्टरनेट शटडाउन’

काठमाडौँ– युद्धमा फसेको इरानमा इन्टरनेट बन्द भएको ३७ दिन पुगेको छ। इन्टरनेट मोनिरिटिङ समूह नेटब्लक्सले इरानमा इन्टरनेट बन्द भएको आइतबार ३७ दिन पुगेको हो।

नेटब्लक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार इरानको बाह्य विश्वसँगको सम्पर्क सामान्य स्तरको तुलनामा मात्र एक प्रतिशतमा खुम्चिएको छ, अर्थात् अधिकांश मानिसहरू ८६४ घन्टाभन्दा बढी समयदेखि इन्टरनेटबाट टाढिएका छन्।

नेटब्लक्सले यसलाई विश्वकै अहिलेसम्मको सबैभन्दा लामो राष्ट्रियस्तरको ‘इन्टरनेट शटडाउन’ भनेको छ।

केही सरकारी अधिकारी, सरकार समर्थक प्रयोगकर्ता र पत्रकारहरूले अझै पनि विना कुनै अवरोध इन्टरनेट प्रयोग गरिरहेका छन् भने सर्वसाधारणले अनलाईन हुनका लागि ठूलो रकम खर्चनु परिरहेको बताइएको छ।

केही मानिसहरू स्टारलिंकजस्ता सेटेलाइट इन्टरनेट सेवामार्फत जोडिन सफल भइरहेका छन्, तर यो निकै महँगो परिरहेको छ। इरानमा स्टारलिंक प्रयोग गर्नु वा सँगै राख्नु गैरकानुनी हो र यसका लागि दुई वर्षसम्म जेल सजाय हुन सक्छ।

अधिकारीहरूले यस्ता उपकरणहरूमाथि कडा निगरानी बढाएका छन् र रिपोर्टहरूका अनुसार युद्ध सुरू भएयता सयौँ स्टारलिंक उपकरहरू जफत गरिएको छ।

प्रकाशित: २२ चैत २०८२ २०:३४ | Sunday, April 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast