काठमाडौँ- बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले) लाई आइतबार सरकारी वकिल कार्यालय लगिएको छ। म्याद थपको लागि भन्दै सरकारी वकिल कार्यालय लगिएकाे प्रहरीले जनाएकाे छ।
प्रकाउपछि जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा थिए।
बलेलाई अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत बलात्कारको आरोप लगाएकी थिइन्। सोही आरोपको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी शनिबार कपनको बालुवाखानीस्थित घरबाट पक्राउ परेका थिए।
प्रकाशित: २२ चैत २०८२ १६:०३ | Sunday, April 5, 2026
प्रतिक्रिया




