इरानको आणविक केन्द्रलाई लक्षित गरेर आक्रमण

हिमाल प्रेस २१ चैत २०८२ १७:४१ | Saturday, April 4, 2026
28
SHARES
इरानको आणविक केन्द्रलाई लक्षित गरेर आक्रमण फाइल तस्बिर : एएफपी

काठमाडौँ- जारी युद्धका क्रममा इरानको आणविक ऊर्जा केन्द्र आसपास क्षेत्रमा चारपटक आक्रमण भएको छ।

इरानको आणविक ऊर्जा संगठनले युद्धका क्रममा बुशेहर आणविक ऊर्जा केन्द्र आसपास अमेरिका–इजरायलका तर्फबाट चारपटक आक्रमण गरिएको जनाएको हो।

संगठनले यस आक्रमणमा प्लान्टको सुरक्षामा खटिएका एक कर्मचारीको मृत्यु भएको जनाएको छ। संगठनले अमेरिका र इजरायलका तर्फबाट आक्रमण भएको दाबी गरेको छ। यद्यपि अमेरिका र इजरायलले यो आक्रमणको पुष्टि गरेका छैनन्।

प्रारम्भिक अनुसन्धानबाट प्लान्टको मुख्य भागहरूमा कुनै क्षति नपुगेको र यसको सञ्चालनमा बाधा नआएको संगठनको भनाइ छ। तर, त्यहाँ रहेको रेडियोधर्मी पदार्थका कारण गम्भीर क्षति भएमा ठूलो आणविक दुर्घटना हुनसक्ने चेतावनी दिइएको छ।

बुशेहर इरानको एकमात्र सञ्चालनमा रहेको आणविक ऊर्जा केन्द्र हो, जसलाई रुसको सहयोगमा निर्माण गरिएको थियो।

रुसले यसअघि नै आफ्ना धेरै कर्मचारीलाई त्यहाँबाट निकालिसकेको छ। रुसी सरकारी आणविक कम्पनी ‘रोसाटोम’ का प्रमुख एलेक्सी लिकाचेभले हालै मात्र अर्को हप्तासम्म करिब दुई सय जनालाई निकाल्ने अन्तिम प्रक्रिया पूरा हुने बताएका थिए।

इरानको आणविक कार्यक्रम लामो समयदेखि अन्तर्राष्ट्रिय विवादको विषय रहँदै आएको र यसमाथि कैयौँ प्रतिबन्धहरू लगाइएका छन्। अमेरिका–इजरायल र इरानबीचको वर्तमान युद्ध २८ फेब्रुअरीबाट सुरू भएको थियो।

प्रकाशित: २१ चैत २०८२ १७:४१ | Saturday, April 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast