काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ । हामी महिला उम्मेदवार खडा गर्दैछौँ ।’ साम्पाङले नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्नो दलका उम्मेदवारलाई मत दिने विश्वास पनि व्यक्त गरेका छन् । उनले लेखेका छन्,’हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई १ ७ भोट आउँछ कि १८९?’

प्रकाशित: २१ चैत २०८२ ६:३९ | Saturday, April 4, 2026
प्रतिक्रिया




