काठमाडौँ- वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेकाहरूको विवरण वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ। विभागले गत फागुन १७ देखि चैत १७ गते (एक महिना) को अवधिमा ठगी गर्नेहरूविरुद्ध जाहेरी दरखास्तको विवरणहरू सार्वजनिक गरेको हो।
विभागले ३५२ वटा मुद्दामा आरोपीहरूको विवरण, ठगी गरेको रकम, हर्जानालगायत विवरण सार्वजनिक गरेको छ। अब निरन्तररूपमा यस्ता विवरणहरू सार्वजनिक गरिने विभागको भनाइ छ।
प्रकाशित: २० चैत २०८२ १९:५५ | Friday, April 3, 2026
प्रतिक्रिया




