तस्बिर : एफपी
काठमाडौँ– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्यहूले इजरायलले गरेको आक्रमणमा इरानको स्टिल उत्पादन क्षमताको ७० प्रतिशत नष्ट भएको बताएका छन्।
स्टील औद्योगिक र सैन्य उत्पादनमा प्रयोग हुने मिसाइल, ड्रोन र जहाजजस्ता रणनीतिक रूपमा महत्त्वपूर्ण उत्पादनका लागि आवश्यक सामग्री हो।
‘हाम्रा अमेरिकी मित्रहरूसँग मिलेर हामी इरानमा ‘आतंकवादी शासन’ लाई दबाउने क्रमलाई जारी राख्छौँ। हामी कमान्डरहरूलाई निशाना बनाउँदैछौँ। पुलहरूमा बमबारी गर्दैछौँ, पूर्वाधारहरूमा बमबारी गर्दैछौँ,’ नेतन्याहूले एक भिडियो वक्तव्यमा भनेका छन्, ‘हालैका दिनमा वायु सेनाले इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमतालाई नष्ट गरेको छ।’
रिभोलुसनरी गार्ड्सलाई वित्तीय स्रोत र हतियार उत्पादन गर्ने क्षमताबाट बञ्चित गर्न यो ठूलो उपलब्धि रहेको उनको भनाइ छ।
इरानको खुजेस्तान स्टिल कम्पनी र मोबाराकेह स्टिल कम्पनीले प्लान्टको पुनर्संरचना गर्न महिनौँ लाग्ने उहाँको दावी छ।
रिभोलुसनरी गाड्र्सले स्टिल प्लान्टमा भएको आक्रमणको बदलामा इजरायलका औद्योगिक क्षेत्रहरूमा मिसाइल र ड्रोन आक्रमण सुरु गरेको छ।




