उद्योगी-व्यवसायीलाई तर्साएर होइन, संवादमार्फत् राजस्व बढाउनुस् : अर्थमन्त्री वाग्ले

हिमाल प्रेस २० चैत २०८२ १७:४४ | Friday, April 3, 2026
12
SHARES
उद्योगी-व्यवसायीलाई तर्साएर होइन, संवादमार्फत् राजस्व बढाउनुस् : अर्थमन्त्री वाग्ले अर्थमन्त्री डा. स्वार्णिम वाग्ले

पर्सा- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम संकलन गर्ने गरी काम गर्नका लागि वीरगञ्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

अर्थमन्त्री वाग्लेले आज (शुक्रबार) यहाँस्थित वीरगञ्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्य अनुसारको राजस्व उठाउन पनि दबाब पर्ने भएता पनि संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन अनुरोध गरे।

‘‘लक्ष्यअनुसार राजस्व उठाउनको लागि एउटा दबाब पनि पर्ने गर्छ। त्यतिबेला उद्योगी-व्यवसायीहरू मारमा पनि पर्ने गर्छन्। तर उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्नेभन्दा पनि फकाई–फकाई वा संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्न निर्देश गर्दछु,’ उनले भने, ‘घुसको लेनदेन हुने गरेका विभिन्न खालका गुनासाहरू पनि रहेका छन्। त्यस्ता गुनासाहरूलाई पनि अन्त्य गर्न जरुरी छ।’

अर्थमन्त्री वाग्लेले राम्रो काम गर्नेलाई प्रशंसा/पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई हतोत्साहित गर्ने नीतिअनुसार अघिबढ्ने प्रतिबद्धता व्यक्त गरे।

अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीलाई तर्साएर र धम्काएर नभएर संवादमार्फत राजस्व उठाउने कार्यमा लाग्न अनुरोध गरे। उनले बदमासी गर्ने विरुद्धमा राज्य एकदमै निर्मम भएर अघि बढ्ने पनि बताए।

प्रकाशित: २० चैत २०८२ १७:४४ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast