फेसबुकबाट झन्डै एक करोड ठगी गर्ने महिला पक्राउ

हिमाल प्रेस २० चैत २०८२ ५:४७ | Friday, April 3, 2026
10
SHARES
फेसबुकबाट झन्डै एक करोड ठगी गर्ने महिला पक्राउ

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली च्याटमा कुराकानी गरी ९० लाख ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका-६ घर भई हाल कास्की पोखरा महानगरपालिका-१६ बस्ने ५० वर्षीया वनकुमारी गुरुङ रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

उनले भने,‘सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी आकर्षक तलब, सुविधामा जापान पठाइदिने भनी चार जना पीडितहरूलाई व्यक्तिगत कागजातसमेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटकपटक गरी रु ९० लाख जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न निज गुरुङलाई पक्राउ गरिएको हो।’

गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा बुधबार पक्राउ गरी बिहीबार ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।

प्रकाशित: २० चैत २०८२ ५:४७ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast