मण्डलामा नयाँ नाटक ‘अतिरञ्जन को मनोरञ्जन’

हिमाल प्रेस १९ चैत २०८२ १८:१३ | Thursday, April 2, 2026
32
SHARES
मण्डलामा नयाँ नाटक ‘अतिरञ्जन को मनोरञ्जन’

काठमाडौँ- नाटक ‘अतिरञ्जन को मनोरञ्जन’ मञ्चन सुरु भएको छ। नाटक थापागाउँस्थित मण्डला थिएटरमा चैत १८ गतेदेखि सुरु भएको हो।

संयोग गुरागाईंको लेखन रहेको नाटक सागर खाती कामीले निर्देशन गरेका हुन्।

नाटकले मनोरञ्जनको सीमाभन्दा बाहिर गएर समाजमा देखिने अतिरञ्जन र त्यसका प्रभावमाथि प्रश्न उठाउने प्रयास गरेको निर्देशक खातीले बताए।

‘शीर्षकअनुसार नै नाटक अति कहिले अति हुन्छ? भन्ने प्रश्नको केन्द्रमा छ। यसैमार्फत नाटकले हाम्रो सोच, रोजाइ र निर्णयमाथि पुनर्विचार गर्न बाध्य बनाउनेछ भन्ने अपेक्षा छ,’ निर्देशक खातीले भने।

वैशाख १३ गतेसम्म मञ्चन हुने नाटकमा कलाकार सोमनाथ खनाल, सन्दीप श्रेष्ठ, स्वप्निल घिमिरे, रोशन अधिकारी, यशोदा गुरुङ, सनम श्रेष्ठ, चक्र बिष्ट, रिजन लामा, इन्द्रबहादुर राई, समीर भट्टराई, अमृत सुनार, रोशन मुर्मु, मृदुल ढकाल, सुस्मिता कार्की, तरुण देउवा, सायुज्य भण्डारी, भाष्कर बुढा, निमिष कट्टेल र सौरभ चालिसेले अभिनय गरेका छन्।

नाटक सोमबार बाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे मञ्चन हुने जनाइएकाे छ।

प्रकाशित: १९ चैत २०८२ १८:१३ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast