लेनदेन विवादमा फिल्म ‘महाभोज’, वितरकले दिए निर्माताविरुद्ध उजुरी

हिमाल प्रेस १८ चैत २०८२ १६:४९ | Wednesday, April 1, 2026
12
SHARES
लेनदेन विवादमा फिल्म ‘महाभोज’, वितरकले दिए निर्माताविरुद्ध उजुरी

काठमाडौँ- फिल्म ‘महाभोज’ का वितरक र निर्माताबीच लेनदेनको विवाद बाहिरिएको छ। फिल्मबाट आफूले पाउनुपर्ने रकम नपाएको भन्दै वितरक गोविन्द शाहीले निर्माता हिमाल कडरियाविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका छन्।

शाहीले जारी गरेको एक विज्ञप्तिमा आफूले वितरण कम्पनी काफिया फिल्म्सको तर्फबाट सम्झौता बमोजिम ३८ लाख १८ हजार ३ सय १३ रुपैयाँ रकम आफूले पाउनुपर्ने उल्लेख गरेका छन्।

सम्झौता बमोजिमको रकमसहित क्षतिपूर्ति माग्दै वितरक गोविन्द शाहीले उजुरी दिएका छन्। १५ फागुनमा दर्ता भएको उजुरीमा शाहीले कडरियाबाट पाउनुपर्ने रकमसहित क्षतिपूर्ति समेत मागेका हुन्।

सम्झौता पूरा गर्न निर्माता कडरियालाई पटकपटक बोलाएको तर सम्पर्कमा नआएको पत्रमा लेखिएको छ।

फिल्म गत जेठमा प्रदर्शन भएको थियो। सहकारी ठगीको कथावस्तुमा बनेको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन्। फिल्मले हलमा राम्राे व्यापार गर्न सकेन।

प्रकाशित: १८ चैत २०८२ १६:४९ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast