एमाले संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस १८ चैत २०८२ ७:४२ | Wednesday, April 1, 2026
4
SHARES
एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिए ।

बैठकमा प्रतिनिधिसभामा दलको नेता चयन र संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा संसदका दुवै सदनको बैठक बिहीबारदेखि सुरु हुँदैछ । प्रतिनिधिसभामा नेकपा एमाले तेस्रो दलको रुपमा रहेको छ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले २५ सिट जितेको छ ।

 

प्रकाशित: १८ चैत २०८२ ७:४२ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast