प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- एमालेको भातृ संस्था राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार ललितपुर गोदावारी नगरपालिका १० टाखेलका ३० वर्षीय रामशरण शर्मा बजगाईलाई पक्राउ गरेको हो।
जेष्ठ नागरिकमाथि अभद्र ब्यवहार गरेको आरोप उनीमाथि छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा लगनखेल स्थित पाटन मानसिक अस्पताल अगाडि सडकपेटीमा रहेका जेष्ठ नागरिकलाई उनले हुत्याएका थिए।
ती वृद्धाले त्यसअघि एमाले नेता कार्यकर्तामाथि नकारात्मक टिप्पणी गरेका थिए। सार्वजनिक भएको भिडिओका आधारमा प्रहरीले पक्राउ गरे पनि उजुरी भने परिसकेको छैन।
उजुरी परेपछि म्याद थप गर्ने प्रहरीको तयारी छ। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।




