बढ्यो हवाई इन्धनको भाउ, पेट्रोल, डिजल र खाना पकाउने ग्यासको मूल्य यथावत

हिमाल प्रेस १८ चैत २०८२ ६:४१ | Wednesday, April 1, 2026
26
SHARES
बढ्यो हवाई इन्धनको भाउ, पेट्रोल, डिजल र खाना पकाउने ग्यासको मूल्य यथावत

काठमाडौँ- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। मंगलबार निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २४ ले वृद्धि गरिएको छ।

साविकमा प्रतिलिटर एक सय २७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब वृद्धिपछि प्रतिलिटर दुई सय ५१ पुगेको छ। हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर आठ सय १९ अमेरिकी डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ।

परिमार्जित मूल्य अनुसार काठमाडौँमा प्रतिलिकिलोटर नौ सय ६६ अमेरिकी डलर रहेकोमा बृद्धिपछि अब एक हजार सात सय ८५ अमेरिकी डलर पुगेको छ। अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको भने साविकको मुद्रा मूल्य नै कायम राखिएको निगमले जनाएको छ।

 

प्रकाशित: १८ चैत २०८२ ६:४१ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast