बाटो खन्दा ढुंगाले लागेर मजदूरको निधन

हिमाल प्रेस १८ चैत २०८२ ६:३७ | Wednesday, April 1, 2026
4
SHARES
बाटो खन्दा ढुंगाले लागेर मजदूरको निधन

संखुवासभा- संखुवासभाको सभापोखरी गाउँपालिका ६ तामिङमा ढुंगाले लागेर एकजना मजदूरको मृत्यु भएको छ। सभापोखरी ६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।

मंगलबार दिउँसो १२ः३० बजे सडक निर्माणका क्रममा मजदूर तामाङको मृत्यु भएको हो। सडक निर्माण गर्न क्रममा माथिबाट खसेको ढङ्गाले लागेर मजदूर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी निरीक्षक मेघराज अर्यालको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियोे। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना सदरमुकामदेखि ४० किलोमिटर दूरीमा पर्छ। रासस

प्रकाशित: १८ चैत २०८२ ६:३७ | Wednesday, April 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast