सेयर बजार : १९ अंकले बढ्यो, ११ अर्बको कारोबार

हिमाल प्रेस १७ चैत २०८२ १६:१७ | Tuesday, March 31, 2026
14
SHARES
सेयर बजार : १९ अंकले बढ्यो, ११ अर्बको कारोबार

काठमाडौँ- यो साता कारोबारको सुरुआती दुई दिन उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज (मंगलबार) भने दोहोरो अंकको सुधार देखिएको छ।

नेप्से परिसूचक १९ दशमलव ७० अंकले बढेर दुई हजार ८५१ दशमलव ०९ को विन्दुमा कायम भएको हो। ३३९ कम्पनीको दुई करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर एक लाख ३७ हजार ८५७ पटक खरिदबिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ०९ र अन्य समूह शून्य दशमलव ५५ अंकले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। बैंकिङ शून्य दशमलव ७६, विकास बैंक शून्य दशमलव ९०, वित्त एक दशमलव १२, होटल तथा पर्यटन एक, जलविद्युत् शून्य दशमलव ७५ र लगानी समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ।

त्यस्तै, जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त शून्य दशमलव ५१, निर्जीवन बिमा शून्य दशमलव ७६ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले बढेको छ।

आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिदी पावर कम्पनी लिमिटेडको ४८ करोड ४८ लाख ४६ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १५ लाख ६० हजार ६१ कित्ता सेयर खरिद–बिक्री भएको छ।

प्रकाशित: १७ चैत २०८२ १६:१७ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast