‘पहाड’ को गीत ‘ॐ नम शिवाय’ मा पञ्चमी र अरुणको नृत्य

हिमाल प्रेस १७ चैत २०८२ १३:३८ | Tuesday, March 31, 2026
8
SHARES
‘पहाड’ को गीत ‘ॐ नम शिवाय’ मा पञ्चमी र अरुणको नृत्य

काठमाडौँ- फिल्म ‘पहाड’ मा समावेश गीत ‘ॐ नम शिवाय’ सार्वजनिक गरिएको छ। रञ्जित सिंह गजमेरको संगीत रहेको गीत भारती घिमिरे र शिव परियारले गाएका छन्। गीत निर्देशक तुलसी घिमिरेले लेखेका हुन्।

गीतको भिडियोमा फिल्मका सबै कलाकारहरू देखिएका छन्। गीत फिल्मको कथासँगै जोडिएको निर्देशक तुलसी घिमिरेले बताए।

उनले भने, ‘यो गीत फिल्मका लागि महत्वपूर्ण छ, यो गीतपछि फिल्मको कथाले नयाँ मोड लिन्छ । हामीले झन्डै १३ दिन लगाएर सेट निर्माण गर्‍याैँ र तीन रात लगाएर खिचेका थियौँ। फिल्मको महत्वपूर्ण समयमा आउने गीत भएकाले यसमा अधिकांश कलाकारलाई फिचर्ड गराएका छौँ।’

भिडियोमा फिल्मकी नव-कलाकार पञ्चमी घिमिरे, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, सुनिल थापा लगायतलाई देख्न सकिन्छ।

मनोरन्जनसँगै फिल्ममा फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको निर्देशक घिमिरेले बताए। फिल्म आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुनेछ।

भाग्यरत्न फिल्म्सकोब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता उत्तम रसाइली हुन्। फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरीले लगानी गरेका छन्।

यस्ताे छ गीत

प्रकाशित: १७ चैत २०८२ १३:३८ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast