बालेनलाई गोकुललाई भने : अरूलाई पुर्ने खाल्डो खन्दा आफैँ पस्ने काम नहोस्

हिमाल प्रेस १७ चैत २०८२ ७:१३ | Tuesday, March 31, 2026
10
SHARES
बालेनलाई गोकुललाई भने : अरूलाई पुर्ने खाल्डो खन्दा आफैँ पस्ने काम नहोस्

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन पालना गर्न सरकारलाई सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत रास्वपा र बालेन शाह सरकारलाई लक्षित गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले भनेका छन्,‘अरूलाई पुर्ने खाल्डो खन्दा आफैँ पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले। विधिको शासन,कानुनी राज मानव अधिकार अनि बच्चा,बुढापाका र महिला प्रति नेपाली संस्कारको पनि पालना गर।’

बास्कोटा थप लेख्छन्,‘घण्ट बजाएर मात्र हुँदैन है । जो माथि जे मा छानबिन गर्नु छ गर। तर आग्रह हैन कानुनी तथ्यहरू स्थापित हुनै पर्छ।

प्रकाशित: १७ चैत २०८२ ७:१३ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast