रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

हिमाल प्रेस १५ चैत २०८२ २०:०३ | Sunday, March 29, 2026
14
SHARES
रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

रुपन्देही- रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा एकैदिन एक करोडको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज (आइतबार) अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेको उक्त सामान बरामद गरेको हो।

बरामद गरिएको सामान र सवारीसाधन आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

प्रहरीले बरामद गरेको सामानमा सुन काट्न प्रयोग हुने सामान, पित्तलको पाता, सुन, खरबुजा, केरा, अङ्गुर, हरियो तरकारी, चिनी, मटर दाना, विभिन्न किसिमका किराना सामान, बोइलर कुखुराको मासु, भारतीय नम्बर प्लेटको जिप, मोटरसाइकल, बोइलर कुखुरा, हरियो खुर्सानी, गम्छा, साइकल, धागो, युरिया मललगायत रहेका छन्।

प्रकाशित: १५ चैत २०८२ २०:०३ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast