काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्।
आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह-पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन्।
प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने विषय आफूहरूले नै यसअघि संसद्बाट उठाएको विषय भएको उल्लेख गरे। पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिनमा सहयोग हुने उनको भनाइ छ।
प्रचण्डले सरकारले अघि सारेको शासकीय सुधारका १०० बुँदे विषय आफूले हेर्न नपाएको भन्दै विस्तृत रूपमा हेरेपछि प्रतिक्रिया दिने बताए।
प्रकाशित: १५ चैत २०८२ १७:४० | Sunday, March 29, 2026
प्रतिक्रिया




