प्रतीकात्मक तस्बिर।
काठमाडौँ– नारायणी नदी नजिक पानी जमेको खाल्टोमा डुबेर दुई जना किशोरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पौडी खेल्ने क्रममा भरतपुर महानगरपालिका– १६ का किशोरद्वय समन रम्तेल र प्रशान्त क्षेत्रीको डुबेर मृत्यु भएको हो।
उनीहरूको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।
प्रकाशित: १५ चैत २०८२ १६:५६ | Sunday, March 29, 2026
प्रतिक्रिया




