ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना

हिमाल प्रेस १३ चैत २०८२ २०:१७ | Friday, March 27, 2026
ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना

काठमाडौँ- नेपालका लागि टोटल इनर्जिज लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ल्युब आयलले ललितपुरको ढाकाढोलस्थित स्टार अटो पार्ट्समा टोटल क्वार्ट्ज अटो सर्भिसेज (टीक्युएएस) को आउटलेट स्थापना गरेको छ। नेपालमा सर्टिफाइड अटोमोटिभ सर्भिस फ्यासिलिटी विस्तार गर्ने पहलका लागि यो अर्को कदम भएको कम्पनीको भनाइ छ।

टोटल इनर्जिज मार्केटिङ इन्डियाका अटोमोटिभ इन्डष्ट्रि तर्फका सीईओ तथा एक्जिक्युटिभ डाइरेक्टर विकेन नजारियानले रिवन काटेर सो आउटलेटको उद्घाटन गरे। सो अवसरमा टोटल इनर्जिजका सिनियर म्यानेजर – एक्सपोर्ट्स प्रविण कुमार र लक्ष्मी ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर निराकार श्रेष्ठ तथा लक्ष्मी ल्युब आयलका सेल्स हेड सुवोध थापा र स्टार अटो पार्ट्सका सञ्चालक दिल कृष्ण खडगीको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नजारियनले टोटल क्वार्ट्ज अटो सर्भिसेज कन्सेप्टले सवारीधनीहरूलाई विश्वस्तरको सञ्चालन मापदण्डअनुसार जेन्युइन लुब्रिकेन्ट तथा व्यावसायिक मर्मत सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता पहलहरूले नेपाल जस्तो बढ्दो अटोमोटिभ बजारमा ग्राहकको विश्वसनियता बढाउने र इन्जिनको दीर्घकालीन कार्यसम्पादनमा सहयोग पुर्‍याउने उल्लेख गरे।

त्यस्तै प्रविण कुमारले टीक्युएएस जस्ता सर्टिफाइड सर्भिस आउटलेटहरूले सही लुब्रिकेन्ट प्रयोगलाई प्रवर्धन गर्ने, इन्जिन सुरक्षा बढाउने तथा बजारमा नक्कली उत्पादनको प्रयोग घटाउन मद्दत गर्ने बताए। उनले स्थानीय अटोमोटिभ व्यवसायीहरुसँग मिलेर नेपालमा टोटल इनर्जिजका सर्भिस फुटप्रिन्ट विस्तार गर्न लक्ष्मी ल्युब आयलले गरेको लगातारको प्रयासको प्रशंसा समेत गरे।

नयाँ टीक्युएएस आउटलेटमा टोटल क्वार्ट्ज इन्जिन आयल प्रयोग गरी मापदण्डयुक्त आयल चेन्ज गर्न सकिने सुविधा उपलब्ध हुनेछ, जहाँ मल्टि–पोइन्ट सवारी परीक्षण तथा प्रशिक्षित प्राविधिकमार्फत मर्मत सेवा समेत उपलब्ध हुने बताइएको छ। यसले ललितपुर क्षेत्रका सवारीधनीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको विश्वसनीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

लक्ष्मी ल्युब आयलका सेल्स हेड सुबोध थापाका अनुसार हालको सर्भिसको गुणस्तरमा सुधार ल्याउने, जेन्युइन लुब्रिकेन्टको प्रयोग प्रवर्धन गर्ने तथा नेपालको अटोमोटिभ सर्भिस इकोसिस्टमको समग्र विकास गर्ने लगायतका कम्पनीका प्रतिबद्धताहरुको एक अंशको रुपमा टीक्युएएस सञ्जाल विस्तार गरिएको हो।

प्रकाशित: १३ चैत २०८२ २०:१७ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast