‘भीआईपी मुभमेन्ट’ का नाममा नागरिकलाई दुःख नदिन गृहमन्त्री गुरुङको निर्देशन

हिमाल प्रेस १३ चैत २०८२ १६:५८ | Friday, March 27, 2026
18
SHARES
‘भीआईपी मुभमेन्ट’ का नाममा नागरिकलाई दुःख नदिन गृहमन्त्री गुरुङको निर्देशन गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘भीआईपी मुभमेन्ट’ का नाममा नागरिकले दुःख पाउने अवस्था अन्त्य गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिने क्रममा उनले परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्नेमा जोड दिए।

जेनजी आन्दोलनको अगुवाइ गरेका मन्त्री गुरुङले आन्दोलनलगत्तै मन्त्रीहरुको सेवासुविधा खारेजी र सवारीका क्रममा नागरिकलाई सास्ती दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका थिए। सांसदको सुविधा जनतालाई नै समर्पण गर्ने घोषणा गरेका मन्त्री गुरुङ आफैँ निजी कार चलाएर मन्त्रालयबाट बाहिरिएका थिए।

‘नागरिक तहमा ‘भीआईपी मुभमेन्ट’ ले गाह्रो पार्दै आएको छ, यस क्रममा नागरिकले दुःख पाउनु भएन, यस्तो कार्य नगर्न सबै मन्त्रीहरुलाई आग्रह गर्दछु,’ मन्त्री गुरुङले भने।

गृहमन्त्री गुरुङले मन्त्रालय तथा मातहतको निकायबाट हुने सेवा प्रवाहलाई एकद्वार प्रणालीमार्फत लैजाने निर्णय गरे।

उनले जेनजी आन्दोलनका सहिद परिवार र घाइेतलाई राज्यका तर्फबाट सुविधा दिनका लागि विभिन्न मन्त्रालयका प्रतिनिधि रहेको कार्यदल गठन गरिने बताए।

प्रकाशित: १३ चैत २०८२ १६:५८ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast