आज चैत १३ गते शुक्रबार। चैत शुक्ल नवमी तिथि। अतिगंड कौलव पुनर्वसु पञ्चाङ्गको दिन। तदअनुसार मार्च २७ । यो राशिफल ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन्। तपाईँको राशिफल ।
मेष
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ।
वृष
पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
मिथुन
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
कर्कट
घरेलु काममा रुचि बढ्नेछ। धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केही समस्या देखिन सक्छ।
सिंह
मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यवसायमा गरेको लाभ मिल्न सक्छ।
कन्या
दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन। व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेकोछ।
तुला
साथीभाईसँग रमाइलो भेटघाट हुनेछ। व्यवसायबाट लाभ मिल्नेछ। अरुले तपाईँको मेहनत र इमान्दारिताको खुलेर प्रसंसा गर्नेछन्।
वृश्चिक
परोपकारी काममा रुचि बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। विश्वास गरेकाले धोका दिन सक्छन्। सामाजिक उत्तरदायित्व बढ्नेछ।
धनु
सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाई लेखाइमा प्रगति हुनेछ।
मकर
शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन्। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ।
कुम्भ
स्वास्थ्यमा केही समस्या आउने देखिन्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। लामो समयपछि साथीभाईसँग भेटघाट हुँदा मन खुसी रहनेछ।
मीन
टाढाको यात्राको सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। मेहनत गर्दा गेरको कामहरू सफल हुनेछन्।




