काठमाडौँ- नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ मा सहभागिता जनाउनुका साथै विशेष अफरको घोषणा गरेको छ। पोखराको लेकसाइडस्थित तालबाराही चौरमा चैत ११ देखि १५ सम्म चल्ने अटो शोको स्टल ए१२ मा बीवाईडीका सवारी साधन अवलोकन गर्न सकिन्छ।
कम्पनीले हाल नेपाली बजारमा उपलब्ध बीवाईडी एट्टो १, बीवाईडी एट्टो २, बीवाईडी एट्टो ३ मोडलहरु प्रदर्शन गरेको छ।
पाँच दिन सम्म चल्ने इभेन्टमा बीवाईडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराउने कम्पनीले जनाएको छ। यस अन्तर्गत ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी, १ वर्षको फ्रि इन्स्योरेन्स, १ वर्षको सडक दस्तुर छुट, आकर्षक नगद छुट, फ्रि एसेसरिज, कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध हुने कम्पनीले जनाएको छ।
‘बीवाईडीका सबै सवारी साधनहरु कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० ले सुसज्जित छन्, जसले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझै बढाउनमा भूमिका खेलेका छन्। यसले दिगो र भविष्यमुखी मोबिलिटीतिर रहेको बीवाईडीको प्रतिबद्धतालाई जोड दिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।




