सुरु भयो सेतो मच्छिन्द्रनाथको रथ जात्रा

हिमाल प्रेस १२ चैत २०८२ १८:२७ | Thursday, March 26, 2026
22
SHARES
सुरु भयो सेतो मच्छिन्द्रनाथको रथ जात्रा

काठमाडौँ- सेतो मच्छिन्द्रनाथको रथ जात्रा बिहीबारबाट सुरु भएको छ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ। जात्राको पहिलो दिन काठमाडौँको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइन्छ। दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ।

तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्‍याइन्छ। मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ। त्यस्तै जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ।

मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ। मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ।

प्रकाशित: १२ चैत २०८२ १८:२७ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast