नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि

हिमाल प्रेस १२ चैत २०८२ १६:४० | Thursday, March 26, 2026
नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि

काठमाडौँ- नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आज (बिहीबार) देखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ। यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकमबीच सम्झौता सम्पन्न भएको छ।

यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिलेदेखिनै उपलब्ध छ। यसअनुसार अब आठ देशमा भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ। नेपाल टेलिकमले यसका लागि ती देशका ९ सेवा प्रदायकसँग सम्झौता गरेको जनाएको छ।

विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ। अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ।

‘भोल्टी अर्थात् भ्वाइस ओभर एलटीई नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिले देखि नै उपलब्ध गराइरहेको सेवा हो। यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा एचडी वा भोल्टी लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुन्छ। यदि छैन भने *४४४# डायल गरी एक्टिभ भोल्टी विकल्प छान्नु पर्छ। त्यसपछि यो सेवा सुचारु हुन्छ।’

प्रकाशित: १२ चैत २०८२ १६:४० | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast