७ घण्टा आकाशमा रहेपछि दिल्ली फर्कियो एयर इन्डियाको लन्डन उडान

हिमाल प्रेस १२ चैत २०८२ १५:४० | Thursday, March 26, 2026
20
SHARES
७ घण्टा आकाशमा रहेपछि दिल्ली फर्कियो एयर इन्डियाको लन्डन उडान फाइल तस्बिर

काठमाडौँ– लन्डनतर्फ उडेको एयर इन्डियाको ए३५० विमान प्राविधिक समस्याका कारण दिल्ली फर्किएको छ। बिहीबार दिउँसो यो विमान करिब सात घण्टा आकाशमा रहेपछि दिल्ली फर्किएको हो।

पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यही ए३५०–९०० विमानमा गत मार्च १५ मा पनि प्राविधिक समस्या देखिएको थियो। त्योबेला यो विमान न्युयोर्कबाट दिल्लीतर्फ आइरहेको थियो। तर, समस्या देखिएपछि यसलाई आयरल्यान्डको शैनन सहरतर्फ डाइभर्ट गरिएको थियो।

दिल्लीबाट लन्डनतर्फ उडेको विमान प्राविधिक समस्याका कारण दिल्ली फर्किएको एयर इन्डियाले जनाएको छ।

प्रकाशित: १२ चैत २०८२ १५:४० | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast