‘अब बन्ने सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना हुन्छ’

हिमाल प्रेस १२ चैत २०८२ १५:३४ | Thursday, March 26, 2026
10
SHARES
‘अब बन्ने सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना हुन्छ’ डा.स्वर्णिम वाग्ले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका छन्।

बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले यसपटक जनताले आफूहरूलाई ठूलो विश्वास गरेको मत दिएको भन्दै जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका हुन्।

अब बन्ने सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना हुने उनको भनाइ छ। त्यस्तै उनले गुणस्तरीय पुनर्निर्माणमा समेत सरकारको ध्यान केन्द्रित रहने धारणा राखे।

प्रकाशित: १२ चैत २०८२ १५:३४ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast