सरकारलाई रचनात्मक सहयोग गर्छु : हर्क राई

हिमाल प्रेस १२ चैत २०८२ १४:५१ | Thursday, March 26, 2026
26
SHARES
सरकारलाई रचनात्मक सहयोग गर्छु : हर्क राई तस्बिर : रत्नकृष्ण श्रेष्ठ/रासस

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन्।

बिहीबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले प्रतिपक्षीमा बसेर सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताएका हुन्।

उनले सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने उल्लेख गरे। प्रतिपक्षी भन्नेबितिकै विरोध नै गर्नुपर्छ भन्ने मान्यताबाट आफ्नो पार्टी टाढा रहेको उनको भनाइ छ।

उनले संसदबाट जनताले दिएको म्याण्डेडलाई पूरा गर्न ध्यान केन्द्रित गर्ने उल्लेख गरे।

प्रकाशित: १२ चैत २०८२ १४:५१ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast