काठमाडौँ- सरोज दाहालको निर्देशनमा बनेको टेलि सिरियल ‘संस्कार’ को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा पारिवारिक तथा सामाजिक मूल्य/मान्यता, सम्बन्धमा आउने उतारचढाव र जीवनका यथार्थ पक्षलाई प्रस्तुत गरिएको छ।
सिरियल प्रत्येक यही शुक्रबारदेखि प्रसारण हुनेछ। साँझ ७ः २५ बजे सुबर्ण टिभीको अफिसियल च्यानलबाट सार्वजनिक हुने टिमल जनाएको छ।
सिरियलमा कलाकारको रूपमा आरजे सिंह, नारायण खाती, राम बुढाथोकी, सरोज दाहाल, सीमा दाहाल, चण्डिका बस्नेत, दीपक बिके, समिता रिजाल, रुष्मिता रम्तेल, निर्मला खाती, मन्दिरा पोखरेल भण्डारी, नरेन्द्र शाही, सुरज कुमार त्रिखत्रीलगायतले अभिनय गरेका छन्।
सिरियल आरजे सिंह र निर्मला खातीले निर्माण गरेका हुन्। फिल्मले दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्ने टिमको विश्वास छ।
निर्मल ढकालले छायांकन गरेको फिल्म निर्देशक दाहाल नै सम्पादन गरेका हुन्।
सिरियलमा प्रयोग भएका गीतमा नरहरी प्रेमी र पवित्रा गुरुङको स्वर छ भने ब्याकग्राउन्ड म्युजिक सुरज कुमार त्रिखत्रीले तयार पारेका हुन्।




