एनसेलका तीन नयाँ प्रिपेड प्लान सुरु

हिमाल प्रेस ६ मंसिर २०७९ १३:३०
6
SHARES
एनसेलका तीन नयाँ प्रिपेड प्लान सुरु

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले नयाँ प्रिपेड प्लान ल्याएको छ। नयाँ प्रिपेड प्लानअन्तर्गत तीन वटा स्टार्टर प्याक सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन्। यी प्याक ग्राहकले सजिलोको करसहित ९७ रुपैयाँ, सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्छन्।

स्टार्टर प्याकअन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः सजिलो प्लान प्राप्त गर्दछन्। यसमा १० मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ।

त्यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कलअन्तर्गत कर सहित १.६२ रुपैयाँप्रति मिनेटमा कल, १ रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयाँमा पठाउन सक्छन्।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुका लागि सहयात्री प्लान रहेको कम्पनीले जनाएको छ।

यो प्लानअन्तर्गत ग्राहकले १० रुपैयाँ मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन्।

यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्दछन्।

सहयात्री प्लानअन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन्। यस सेवाअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि अर्को नम्बरमा मिस्ड कल गर्न सक्छन्। यसका साथै यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेट पछि छुट प्राप्त गर्न सक्छन्।

त्यस्तैगरी अर्को स्टार्टर प्याक हो युवा वर्गलाई लक्षित सही यो प्लान। यो प्लानअन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसीमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन्।

यसका साथै, यी सबै स्टार्टर प्याकमा पहिलो रिचार्ज अफर पनि रहेको छ। यो योजनाअन्तर्गत सिम कार्ड सुरु भएको अर्को दिनको मध्य राति सम्म २०० रुपैयाँ र सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन्।

प्राप्त बोनस पे एज यू गोअन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ। बोनस रकम ३ दिनको लागि मान्य रहन्छ।

नेपाल घुम्न आउने पर्यटकहरुका लागि पनि एनसेलले १०० रुपैयाँ, ५०० रुपैयाँ र एक हजार रुपैयाँका तीन प्लानह प्रदान गर्दै आएको छ।

१०० रुपैयाँको प्लानमा ग्राहकले २०० एमबी डेटा र १० मिनेट लोकल कल प्राप्त गर्छन्। ५०० रुपैयाँको प्लानमा पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसीमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन्।

त्यस्तै एक हजारको प्लानअन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसीमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्छन्।

प्रकाशित: ६ मंसिर २०७९ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eleven =