काठमाडौँ- सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा भीषण आगलागी भएको छ । बुधबार (चैत ११) बिहान भएको आगलागीबाट क्याफेको तल्लो तलामा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका–६ मा अवस्थित आइसक्रिम पार्लर तथा क्याफे कोसी राजमार्गमा अवस्थित बजार क्षेत्रमा रहेको छ । आगलागी हाल नियन्त्रणमा आइसकेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले जनाएअनुसार आगलागीको कारण खुल्न सकेको छैन । तर, विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । इटहरी, धरान र नजिकैका पालिकाबाट खटिएका बारुणयन्त्रले आगो नियन्त्रणमा लिएका छन् ।
आगलागीबाट आसपासका तथा जोडिएका घरहरूमा समेत असर गरेको जनाइएको छ ।
प्रकाशित: ११ चैत २०८२ ११:३० | Wednesday, March 25, 2026
प्रतिक्रिया




