‘साम्बा’को घुँडाको शल्यक्रिया

हिमाल प्रेस ११ चैत २०८२ ७:२१ | Wednesday, March 25, 2026
10
SHARES
‘साम्बा’को घुँडाको शल्यक्रिया

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ। बुधबार (चैत ११) बिहान डा. साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सावित्राले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्।

‘लामो प्रतिक्षापछि अन्ततस् मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु, सावित्राले सामाजिक सञ्जालमा लेखेकी छन्।

खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेका कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गरिएको उनले जानकारी दिइन् ।

अब त्यहाँकै डाक्टरको निगरानीमा पुनर्स्थापनाको काम भोलिदेखि सुरू हुने उनले जानकारी दिइन् । स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने उनले जानकारी दिएकी छन्।

प्रकाशित: ११ चैत २०८२ ७:२१ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast