काठमाडौँ- हास्य विधामा आधारित रियालिटी सो ‘कमेडी दरबार’ को तेस्रो सिजन वैशाख ४ देखि प्रदर्शन हुने भएको छ। टिमले आज एक प्रोमो सार्वजनिक गर्दै प्रसारण मिति सार्वजनिक गरेको हो।
प्रोमोमा अहिलेको राजनीतिक परिस्थितिप्रति व्यंग्य गरिएको छ। जसमा दरबारकी रानी गौरी मल्लले एक आपतकालीन संसद बैठकको सञ्चालन गरेको देखाइएको छ। उनी सभामुखको भूमिकामा छिन्।
बैठकमा दरबारकै सो बन्द भएको प्रसँग उठाइएको छ। साथै संसदमा संख्या नपुगेको भन्दै राजनीतिक दलप्रति व्यंग्य गरिएको छ। उक्त बैठकमा दरबारका पुरानै कलाकार अटाएका छन्।
कलाकारमा पवन खतिवडा, पबित्रा शाकी (मिस पबि), सुन्दर खनाल, सिडी विजय अधिकारी, खड्ग बहादुर पुनमगर (खबपु), सुजाता श्रेष्ठ, बिट्टी कान्छा, विकाश अर्याल र सरोज भण्डारी छन्।
कार्यक्रमका निर्देशक विक्की अग्रवाल र श्रद्धा प्रसाईं हुन्। तेस्राे सिजनकाे कार्यक्रम निर्देशक विक्की र मोडल सजिना खनालले नै सञ्चालन गर्नेछन्।
सो साताको शुक्रबार राती ९ बजे प्राइभ टाइम टेलिभिजन र ओएसआर डिजिटलमा प्रसारण गरिने बताइएकाे छ।
यस्ताे छ प्राेमाे




