लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

हिमाल प्रेस १० चैत २०८२ १३:१८ | Tuesday, March 24, 2026
4
SHARES
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका-१५ बाट लागुऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो।

सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका-४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१२ बाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट दुई,बाँकेका दुई, रूकुम पूर्वको, भूमे गाउँपालिका-२ बाट दुई जनालाई पक्राउ गरिएको हो।

प्रकाशित: १० चैत २०८२ १३:१८ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast