अफगानिस्तानमा विद्यालय खोल्न अपिल

हिमाल प्रेस ९ चैत २०८२ १५:१८ | Monday, March 23, 2026
28
SHARES
अफगानिस्तानमा विद्यालय खोल्न अपिल

काबुल- अफगानिस्तानको राजधानी काबुलमा महिला विद्यार्थीले इस्लामिक इमिरेट्सको प्रतिबन्धका कारण बन्द रहेको  विद्यालय पुनः खोल्नका लागि अपिल गरेका छन्। उनीहरूले विद्यालय तथा शैक्षिक संस्थाहरू खोल्न र शिक्षाको अवसर दिन अनुरोध गरेका हुन्।

विद्यालय जान नपाउँदा आफ्नो भविष्य खतरामा परेको भन्दै उनीहरूले शैक्षिक सुविधाहरू निरन्तर बन्द भएकोमा गहिरो निराशा व्यक्त गरेका छन्।

पछिल्लो समयमा अफगानिस्तानमा बालिकाहरूको शिक्षामा लगाइएको प्रतिबन्धले अन्तर्राष्ट्रिय निकायको ध्यान खिचेको र मानव अधिकार संगठनहरूले चर्को आलोचना रहेको समयमा उनीहरूको यस्तो आग्रह आएको हो।

महिला अधिकारकर्मीहरूले पनि यो परिस्थितिलाई मौलिक अधिकारको उल्लंघनको रूपमा वर्णन गर्दै अफगान जनताको हितको लागि विद्यालय र विश्वविद्यालयका ढोका सकेसम्म चाँडो खोल्नुपर्ने बताएका छन्।

अफगानिस्तानमा राजनीतिक परिवर्तनपछि बालिकाहरूको शिक्षामा व्यापक प्रतिबन्ध लगाइएको थियो जसका कारण धेरैका लागि विद्यालय र विश्वविद्यालयहरूको ढोका बन्द रह्यो।

अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूले बारम्बार शिक्षामा पहुँच मौलिक मानव अधिकारको विषय भएको विषयमा जोड दिँदै बालिकाहरूलाई यस अधिकारबाट वञ्चित गर्नाले अफगान समाजमा दीर्घकालीन रूपमा प्रतिकूल प्रभाव पार्न सक्ने चेतावनी दिएको छ।

प्रकाशित: ९ चैत २०८२ १५:१८ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast