कार्की प्रतिवेदनले शंका जन्मायो, सार्वजनिक होस् : प्रदीप पौडेल

हिमाल प्रेस ९ चैत २०८२ १२:२२ | Monday, March 23, 2026
14
SHARES
कार्की प्रतिवेदनले शंका जन्मायो, सार्वजनिक होस् : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कार्की आयोगको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग पुनः आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले हालसम्म सार्वजनिक नगरेकोप्रति आपत्ति जनाएका हुन्।

प्रतिवेदन सार्वजनिक नगरिएकाले विभिन्न आशंका र उपशंका जन्मिएको उनको भनाइ छ। उनले अन्तरिम सरकारको कार्यकाल सकिन लाग्दा समेत प्रतिवेदन सार्वजनिक नगर्नु कर्तव्यबाट विमुख हुनु भएको टिप्पणी गरेका छन् ।

‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशंका र उपशंका जन्माएको छ,?’ उनले लेखेका छन्, ‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन? यक्ष प्रश्न खडा भएको छ । अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ? आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो।’

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको स्मरण गराउँदै उनले सरकारले यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरी आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन्।

प्रकाशित: ९ चैत २०८२ १२:२२ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast