‘आ बाट आमा’ ले मनायो प्रदर्शनको ५१ औं दिन, बक्स अफिसमा १३ करोड व्यापार 

हिमाल प्रेस ८ चैत २०८२ १७:५३ | Sunday, March 22, 2026
12
SHARES
‘आ बाट आमा’ ले मनायो प्रदर्शनको ५१ औं दिन, बक्स अफिसमा १३ करोड व्यापार 

काठमाडौँ- चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’ले प्रदर्शनको ५१ औं दिन मनाएको छ। सो अवसरमा आइतबार धुम्बाराहीमा एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मका प्राविधिक पक्ष र कलाकारलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ।

यस वर्षको सुपरहिट फिल्मले देशभरका २० भन्दा बढी हलमा ५१ दिन मनाएको निर्देशक पन्तले बताए। चलचित्र विकास बोर्डको बक्स अफिसअनुसार फिल्मले हलमा १३ करोड व्यापार गरिसकेको छ। जसअनुसार यस वर्ष सर्वाधिक कमाउने फिल्मको दोस्रो नम्बरमा ‘आ बाट आमा’ परेको छ। पहिलोमा ‘परान’ छ।

निर्देशक चन्द्र पन्त स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्म अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको संवादमा बनेको हाे। फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, रचना गौतम, बेगम नेपालीलगायतकलाकारले अभिनय गरेका छन्।

व्यावसायिक सफलतासँगै निर्माण टिमले यसअघि नै ‘आ बाट आमा २’ बनाउने घोषणा समेत गरिसकेको छ। फिल्म आगामी वर्ष दशैँमा प्रदर्शन गर्ने टिमको लक्ष्य छ। फिल्ममा पल शाह दोहोरिने छन् भने अन्य कलाकारको टुंगो नलागेको टिमले बताएको छ।

पहिलो भागमा बाबुआमा र छोराको सम्बन्धलाई प्राथमिकता दिइएको थियो भने दोस्रो भागमा कथा फरक हुने बताइएको छ।

प्रकाशित: ८ चैत २०८२ १७:५३ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast