सांकेतिक तस्बिर।
मकवानपुर- बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरुवा बन्दुक एक थानसहित गएराति नेपाल प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ८ चैत २०८२ १३:५८ | Sunday, March 22, 2026
प्रतिक्रिया




