‘मितज्यू’ को ‘गैराघरे काँइली’ गीतमा सौगात र तेरियाकाे नृत्य

हिमाल प्रेस ८ चैत २०८२ १२:४१ | Sunday, March 22, 2026
18
SHARES
‘मितज्यू’ को ‘गैराघरे काँइली’ गीतमा सौगात र तेरियाकाे नृत्य

काठमाडौँ- फिल्म ‘मितज्यू’ मा समावेश ‘गैराघरे काँइली’ बोलको गीत सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो।

गीतमा फिल्मका मुख्य तीन कलाकार सौगात मल्ल र तेरिया फौजा मगर छमछमी नाचेका छन्। भिडियाेमा दयाहाङ राई र खड्गबहादुर पुन मगर (खबपु ) पनि देखिएका छन्।

लोकलयमा आधारित गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर छ। गायक मल्लकै शब्द र संगीत रहेको गीतको कोरियोग्राफी भने मिङ्मा डि लेप्चाले गरेका हुन्।

फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मको कथा अनुसार नै गीत राखेको बताए। उनले भने, ‘फिल्मको कथाले जुन गीत मागेको थियो, सोही राखेका छौँ। यसमा हामीले कुनै कम्प्रमाइज गरेका छैनौँ। स्रोता तथा दर्शकले पनि यो गीतलाई मन पराइदिनु हुन्छ भन्नेमा विश्वास छ।’

फिल्म आगामी वर्ष जेठ ८ बाट प्रदर्शन हुनेछ। ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा बनेको फिल्म अनिल बुढा मगरले निर्देशन गरेका हुन्।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अन्य कलाकार पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राईलगायतको अभिनय छ।

यस्ताे छ गीठ्ठ

प्रकाशित: ८ चैत २०८२ १२:४१ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast