काठमाडौँ- दुई दिने भक्तपुर फिल्म महोत्सव सकिएको छ। सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री ‘मदर रेबिका’देखाउँदै महोत्सवको समापन गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार चैत ६ गतेदेखि सुरु भएको महोत्सवमा २४ फिल्म देखाइएको थियो।
भक्तपुरस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजित समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका उप-प्रमुख रजनी जोशी, फिल्म निर्देशक सुजित बिडारी, प्रवीण कार्की, सचिन घिमिरेलगायतका फिल्मकर्मी उपस्थित थिए।
महोत्सव नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै सुरु गरिएको थियो। महोत्सवलाई भक्तपुरका युवा फिल्मकर्मी किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले आयोजना गरेका हुन्।
महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’,अंकित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायत फिल्म देखाइएको थियो। महोत्सवका निर्देशक भने किरण किलम्बु हुन् ।




