विश्वमा बुद्ध शिक्षाको महत्त्व बढ्यो : मन्त्री सिन्हा

हिमाल प्रेस ६ चैत २०८२ १४:०५ | Friday, March 20, 2026
26
SHARES
विश्वमा बुद्ध शिक्षाको महत्त्व बढ्यो : मन्त्री सिन्हा

बुटवल- संस्कृति, पर्यटन तथा नागरिक नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा बुद्ध शिक्षाको महत्त्व बढेको बताएका छन्।

शुक्रबार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा चिनियाँ दूतावासले गरेको लुम्बिनीमा आयोजना गरेको बौद्ध ध्यान कार्यक्रममा बोल्दै सिन्हाले विश्व परिवेशमा द्वन्द्वात्मक मानसिकता, असहिष्णुता र मनोवैज्ञानिक विभाजनको चुनौती बढिरहेको सन्दर्भमा बुद्ध शिक्षाको महत्त्व झन् बढेको बताएका हुन्।

बुद्धका उपदेशले मानवजातिलाई करुणा, सहिष्णुता र समझदारीको मार्ग देखाएको बताउँदै उनले लुम्बिनी एक ऐतिहासिक सम्पदाको साथै विश्व शान्तिका लागि मानवताको एउटा पवित्र प्रतीक भएको धाराणा राखे।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल चीनबीच गहिरो साँस्कृतिक सम्बन्ध रहेको बताए।

शान्तिलाई सर्वोपरी मान्ने र भिन्नतालाई सम्मान गर्ने चिनियाँ मान्यता रहेको उल्लेख गर्दै उनले वर्तमान विश्व परिवेशको सामाना गर्न बौद्ध मान्यतामा आधारित करुणा प्रमुख माध्यम भएको बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले विश्वभरका शान्तिप्रेमी मानिसलाई लुम्बिनीमा स्वागत गर्न तयार रहेको बताए।

बुद्ध शिक्षा केवल बौद्ध मार्गीको लागि मात्रै सबै प्राणीजगतको हितका लागि भएको उल्लेख उनले जीवनमा एकपटक लुम्बिनी आउन आग्रह गरे।

लुम्बिनीमा बिहीबारदेखि शान्ति सम्मेलन सुरु भएको छ।

प्रकाशित: ६ चैत २०८२ १४:०५ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast