चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

हिमाल प्रेस ६ चैत २०८२ ११:२५ | Friday, March 20, 2026
10
SHARES
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन- गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ। चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटकको संख्या १२ हजार ४१२ ले बढेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिएभने यो वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा एक लाख चार हजार ९६ जना नेपाली पर्यटक आएका थिए।

यो संख्या गत वर्ष ८१ हजार २४६ रहेको थियो। यस्तै सार्क मुलुकका नौ हजार ५४४ जना, अन्य देशका ५५ हजार ५५ जनाले यस वर्ष निकुञ्ज भ्रमण गरेको उनले जानकारी दिए। गत वर्ष यो संख्या क्रमशः १४ हजार २०७ र ६० हजार ८३० रहेको थियो।

निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोहीलगायतका वन्यजन्तु र चराचुरुङ्गी हेर्न पर्यटक आउने गर्दछन्। निकुञ्जले चालु आवमा रु १७ करोड ५७ लाख ५६ हजार ३२५ राजस्व संकलन गरेको छ।

काठ दाउरा बिक्रीबापत रु ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबापत रु ७० लाख ६८ हजार ७६६, पर्यापर्यटनबाट रु १६ करोड ६३ लाख २४ हजार १००, दण्ड सजायबाट रु सात लाख ५९ हजार ७०४ र अन्य शीर्षकबाट रु १५ लाख २२ हजार ४०५ रकम राजस्व संकलन भएको उनले जानकारी दिए।

प्रकाशित: ६ चैत २०८२ ११:२५ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast